FAQs Complain Problems

सूचना तथा समाचार

१००० दिने आमाहरुलाई ८ हप्ते कुखुराका चल्ला वितरण

बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत मधुवन नगरपालिका पशु सेवा शाखाले २०० जना १००० दिने आमाहरुलाई ८ हप्ते कुखुराका चल्ला ५/५ वटाका दरले वितरण गरेको छ | जसमा 
वार्ड नं 3 - ५० जना 
वार्ड नं ४ - ५० जना 
वार्ड नं ५ - ५० जना 
वार्ड नं ८ - २५ जना 
वार्ड नं ९ -२५ जना

अ.हे.व,हे.अ,स्टाफ नर्स र अ.न.मीहरूकाे नतिजा

यस मधुवन नगरपालिकाले अ.हे.व,हे.अ,स्टाफ नर्स र अ.न.मीहरूकाे सिफारिसमा परेका उम्मेदवारहरूकाे नामावली र बैकल्पिकमा परेका उम्मेदवारहरूकाे नामावली सार्वजनिक गरेकाे छ ।

पोषणका लागि हातेमालो कार्यक्रम

मधुवन नगरपालिका ( पशु स्वास्थ्य शाखा) द्वारा आयोजना गरिएको पोषणका लागि हातेमालो कार्यक्रम - सुनौला १००० दिनका आमाहरुलाई १ दिने कुखुरापालन तालिम तथा पोषण सम्बन्धि अभिमुखीकरण कार्यक्रमका क्रममा मधुवन नगरपालिकाको वार्ड नं ४ मा मिति २०७५/०२/१७ मा कार्यक्रम सम्पन्न गरेको छ

लागुपदार्थ दुर्व्यसन सम्बन्धि जनचेतनामुलक सडक नाटक

मधुवन नगरपालिकाको आयोजना तथा सप्तरंगी मंच ,बर्दियाका कलाकारहरु द्वारा लागुपदार्थ दुर्व्यसन सम्बन्धि जनचेतनामुलक सडक नाटक प्रदर्सनका क्रममा १७ नं चोकमा समापन कार्यक्रम सम्पन्न भएको छ

बहुक्षेत्रीय पोषण योजना पोषणका लागि हातेमालो कार्यक्रम २०७४/०७५

बहुक्षेत्रीय पोषण योजना पोषणका लागि हातेमालो कार्यक्रम २०७४/०७५ अन्तर्गत कृषि शाखा द्वारा २५ जनाको दरले ८ वटा समूह गठन गरि मिति २०७५/०२/१७ देखि मधुवन नगरपालिकाका विभिन्न स्थानमा तालिम संचालन हुन गैरहेको छ /
- ढोडरि
- धनौरा
- १० नं गाउ
- टिसियन फाटा

Pages

User login